फरक कथामा चेन्जिङ स्याडो

काठमाडौं । फिल्म ‘चेन्जिङ स्याडो’को निर्माण भएको छ । हलिउडका कलाकारलाई लिएर निर्देशक अनिल थापाले फिल्मको लेखन, निर्माण एवं निर्देशन गरेका हुन् । ३४ मिनेटमा फिल्मले आफ्नो कथाबस्तुलाई प्रस्तुत गर्नेछ ।

फिल्मलाई अमेरिकाको लसएन्जलसका विभिन्न रमणिय स्थानमा खिचिएको छ । केहीवर्ष अघिबाट निर्माण शुरु भएको फिल्म सन् २०१९ मा सम्पन्न भएको हो । प्रयोगको रुपमा छोटो फिल्मको निर्माण गरिएको फिल्मका निर्माता एवं निर्देशक अनिल थापाले बताए ।

अमेजन र आइ ट्ुन्सजस्ता अनलाईन प्लेट फर्मले छोटा फिल्मलाई पनि महत्व दियर प्रस्तुत गर्ने हुनाले पनि छोटो फिल्म तर्फ आकर्षण भएको निर्देशक थापाको भनाई छ ।फिल्ममा क्याथरीन फराह, सब्ना गार्डनर, जुलियन ग्राहम, मार्क सि हानसनलगायत कलाकारको अभिनय रहेको छ ।