एक्सनमय रे ट्रेलर

काठमाडौं । आगामी साउन २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘रे’को ट्रेलर सार्वजनिक भएको छ । एक्सनप्रधान ट्रेलरमा अभिनेता सुनिल थापालाई डनको रुपमा प्रस्तुत गरिएको छ । अभिनेता दिवस धिताल र अभिनेत्री सुजाता थापाबीचको प्रेम सम्बन्धमा सुनिल थापा बाधक बनेको यसमा देखिन्छ ।

दिनेश पौडेलको लेखन निर्देशन रहेको फिल्म एक्सन प्रधान जनरामा आधारित रहेको ट्रेलरबाट प्रस्टिएको छ । एक्सनसँगै सामाजिक प्रेम कथामा फिल्म आधारित भएको निर्माण पक्षको कथन छ ।

राजेन्द्र त्रिपाठीले निर्माण निर्माण गरेको फिल्ममा सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशीको अभिनय छ । फिल्ममा किशोर खतिवडाको विशेष भूमिका छ ।

कुमार श्रेष्ठको द्धन्द्ध निर्देशन, ओम सुनारको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, रमेश बिशँखेको सम्पादन, महेन्द्र थापाको छायाँकन यो चलचित्रमा रहेको छ ।