मबाट ठूलो पर्दामा आउँदै परिच्छेद

काठमाडौ । लामो समयसम्म सर्ट फिल्मको निर्देशन गर्दै आएका युवा निर्देशक परिच्छेद सेनले अब ठूलो पर्दाको फिल्म ‘म’ निर्देशन गर्ने भएका छन् । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको फिल्मको सोमबार राजधानीमा घोषणा गरियो ।

कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले तयार पारेका कथामा आधारित यो फिल्मको छायांकन भदौको पहिलो साताबाट सुरु हुनेछ । फिल्ममा विजय लामा, सरिता लामिछाने, रेवती क्षत्री, कुशुम गुरुङ, रेविका गरुङ, अनिल कँडेल, संजोग रसाइली, बाल कलाकार उनभ श्रेष्ठ र सम्पन्न ढकालको अभिनय रहने छ ।

फिल्ममा सहायक भूमिकामा पवन भट्टराई, श्याम सुन्दर घिताल, उत्तम राई, गौरव मल्लको पनि अभिनय रहनेछ । विजय लामा र सरिता लामिछाने बाहेक यो फिल्ममा अभिनय गर्ने अन्य कलाकारहरु कान्तिपुर फिल्म एकेडेमीमा अध्ययन गरेका तथा प्रशिक्षण लिएका विद्यार्थीहरु हुन् । तेन्जिन पाल्देनले यो फिल्म खिच्ने छन् ।

‘म’ मा जितेन लेप्चाको गीत, किरण भुषालको संगीत हुने छ । फिल्म ‘म’ लाई केही पृथक बनाउने प्रयास आफ्नो रहने निर्देशक सेनले बताए ।