कलाकारलाई म्याङगो हलको सम्मान

चितवन । पूर्वी चितवनको पहिलो र एक मात्र सुबिधा सम्पन्न फिल्म हल म्याङगो जनज्योति सिनेमा हलले शुक्रबार एक कार्यक्रमका बीच विभिन्न कलाकारलाई सम्मान गरेको छ । नेपाली फिल्म क्षेत्रको संरक्षण, प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान पु¥र्याएका विभिन्न कलाकारहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा चलचित्र विकास बोर्डका सदस्य तथा एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जन, नेपाल चलचित्र कलाकार संघका सचिव, कलाकार तथा निर्माता चेतबहादुर सिंह ‘राजा’, कलाकार तथा निर्देशक सबिन बास्तोला र निर्माता कृष्ण खनाललाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

म्याङगो जनज्योति सिनेमा हलका अध्यक्ष शिवप्रसाद उप्रेती र उपाध्यक्ष सक्रोज अधिकारीले कलाकार लाई सम्मान गरेका थिए । कलाकारलाई सम्मान गर्न पाउदा खुशी लागेको म्याङगो जनज्योति सिनेमा हलका अध्यक्ष शिवप्रसाद उप्रेतीले बताए ।