प्रभासको साहो पारिश्रमिक सय करोड !

मुम्बई(एजेन्सी) । आगामी अगस्ट ३० बाट रिलिज हुने दक्षिण भारतीय सुपरस्टार प्रभास अभिनित फिल्म ‘साहो’ अहिले सबैको प्रतिक्षाको विषय बनेको छ । फिल्ममा प्रभासको अपोटिमा श्रद्धा कपुर छिन् । यही फिल्मबाट श्रद्धाले तेलुगु उद्योगमा डेब्यू गर्दैछिन् ।

सुजीतको निर्देशन रहेको यो फिल्म सन् २०१९ कै सबैभन्दा ठूलो फिल्म मानिएको छ । एक्सन र रोमान्टिक फिल्मका लागि प्रभास र श्रद्धाले महंगो पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार अनुसार यो फिल्मबाट प्रभासले सय करोड पारिश्रमिक लिएका छन् । उनको यो पारिश्रमिकसँगै प्रभास बलिउडका सबैभन्दा महंगो अभिनेत ाबनेका छन् । उनले रजनीकान्त, सलमान खान र शाहरुख खानजस्ता महंगा कलाकारको रेकर्ड पनि तोडेका छन् । प्रभासले फिल्मको प्रि रिलिज व्यापारबाट पनि ५० प्रतिशत लाभांश पाउनेछन् ।

त्यस्तै श्रद्धाले यो फिल्मबाट ७ करोड पारिश्रमिक बुझेकी छन् । यो पारिश्रमिकले उनी बलिउडकै महंगो पारिश्रमिक लिने कलाकारमा पनि परेकी छन् । श्रद्धाको यो वर्ष साहो, छिछोरे, स्ट्रीट डान्सर फिल्म रिलिज हुँदैछन् ।