सन्जिब र टिकालाई के ठिक्क पर्यो

काठमाडौं । गायक सन्जिब पराजुलीको नयाँ गीत ‘हातमा घडी ठिक्क पर्यो’को भिडियो सार्वजनिक भएको छ । नाइँ मलाई थाहा छैन, किन कर्के–कर्के नजर, तिमी मलाई मन पर्छ’ जस्ता गीतका कारण चर्चामा आएका सन्जिबो गीतमा रमेश दाहालको शब्द र राजनराज शिवाकोटीको संगीत छ । गीतमा उनलाई टिका प्रसाईले स्वरमा साथ दिएकी छन् ।

भिडियोमा प्रदिप बास्तोला र अलिशा शर्माको जोडदार अभिनयसँगै गायकगायिकालाई पनि देख्न सकिन्छ । शान थापाको निर्देशनमा तयार यस रोमान्चक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका छन् भने सम्पादन र कलरिंग सुप्रिम पराजुलीको रहेको छ ।