मुस्ताङमा खिचिँदै रिजन अफ रिया

काठमाडौं । बिहीबार बिहान राजधानीको भद्रकाली मन्दिरमा मुहुर्त गरिएको फिल्म ‘रिजन अफ रिया’को छायांकन सुरु भएको छ । काठमाडौंबाट छायांकन सुरु भए पनि फिल्कमको अधिकांश दृश्य मुस्ताङका विभिन्न सुन्दर स्थानमा खिचिनेछन् ।

मिलन आले मगरले निर्देशन गर्ने फिल्ममा नविन अधिकारी, करण सिंह बोहरा, कशिस दाहाल, कृष्ण बिसी, विकाश थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई र मेनुका माझीको अभिनय छ ।

धनेश्वर फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा उमेश गिरी, समीर श्रेष्ठको लगानी छ । फिल्ममा कुमारजंग कार्की सह–निर्माता छन् । फिल्ममा देब महर्जनको द्वन्द्व, यम आलेको छायांकन, करणसिंह बोहराको कथा, विकास चौधरीको संगीत रहेको छ ।