बडिगार्ड अभिनेत्री विद्या रहिनन्

मुम्बई(एजेन्सी) । टेलिभिजनकी दिग्गस अभिनेत्री विद्या सिन्हाको ७२ वर्षको उमेरमा निधन भएको छ । विद्याले मुम्बईको जुहु क्रिटीकेयर अस्पतालमा अन्तिम सास फेरेकी हुन् । उनले स्टार प्लसको प्रख्यात सिरियल ‘कुल्फी कुमार बाजेवाला’मा सिकन्दरकी आमा बेबेको भूकिा निर्वाह गरेकी थिइन् ।

विद्यालाई हालैमात्र हृदयघात भएपछि गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो । उनी आइसियूमा भर्ना भएकी थिइन् । गम्भीर बिरामी भएपछि पछिल्लो समयमा उनी सिरियलमा कमैमात्र देखिएकी थिइन् ।

विद्या ७० देखि ८० को दशकमा आफ्नो अभिनयका कारण मनोरञ्जन उद्योगमा विशेष स्थान बनाएकी थिइन् । विद्याले ‘छोटी सी बात’, ‘पति पत्नी और वो’ जस्ता फिल्ममा पनि काम गरेकी थिइन् ।

फिल्ममा काम गरेपछि उनी ‘भाभी और बहू रानी’ सिरियलबाट टेलिभिजनमा इन्ट्री गरेकी थिइन् । उनी पछिल्लोपटक सलमान खानको फिल्म ‘बडीगार्ड’मा देखिएकी थिइन् ।