कृष्ण जन्माष्टमीमा सत्याकृतको पाकेको फल

काठमाडौं । नेपाली सांगीतिक आकाशमा एउटा छुट्टै विशेषता बोकेको सत्याकृत ब्याण्डले श्रीकृष्ण जन्माष्टमीको मौका पारेर ‘पाकेको फल’ बोलको नयाँ गीत विभिन्न टेलिभिजन, एफएम तथा युट्युब च्यानलहरु मार्फत सार्वजनिक गरेको छ ।

प्रकृति, शान्ति, सत्य, ईश्वर, प्रेम तथा देश प्रेम भावले भरिएका गीतहरु पस्कदै समग्र समाजलाई नै सकारात्मक उर्जाले भरिपूर्ण गीत संगीत सिर्जना गर्दै आईरहेको ब्याण्डले श्रीकृष्ण जन्माष्टमीको दिन पारेर अर्को कोशेली नेपाली दर्शक श्रोता माझ ल्याएको हो ।

उक्त गीतमा स्वर तथा संगीत सुर साधुको रहेको छ । उक्त गीतको म्युजिक भिडियो छायांकन हरी हुमागाइँको रहेको छ भने शब्द, सम्पादन तथा निर्देशन विजय गौतमको रहेको छ । उक्त गीतको मिक्सिङ तथा मास्टरिङ बलिउडका चर्चित साउण्ड ईन्जिनियर आमिर शेखले गरेका हुन ।