रिमासँग भुवनको छम्मा छम्मा

काठमाडौं । आगामी कार्तिक २९ लाई रिलिज मिति सार्वजनिक गर्दै फिल्म ‘मिस्टर नेपाली’को पहिलो गीत ‘नाचौं छम्मा छम्मा’ सार्वजनिक भएको छ । गीतको भिडियोलाई देवचुली फिल्मस्को युटुब च्यानलबाट रिलिज गरिएको हो ।

गीतमा मिलन लामा र रीता केसीको स्वर, सुभाष भुषालको संगीत र देव भुषालको शब्द छ । गीमा मुख्य कलाकारहरु नायक भूवन केसी, नायिका रीमा विश्वकर्मा, नव–कलाकारद्धय साहिल श्रेष्ठ र कुसुम राउत, कलाकारहरु रवि डंगोल, बिष्णु सापकोटा, कमलमणी नेपाल लगायतलाई देख्न सकिन्छ ।

फिल्मलाई देवचुली फिल्मस्को ब्यानरमा प्रेमराज दाहालले निर्माण गरेका हुन् । फिल्मले राष्ट्रियता र प्रेमको कथा भन्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । फिल्मको यो गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । निर्देशक देव भुषालले चलचित्रले राष्ट्रियताको अर्थ पहिरनले नझल्काउने सन्देश चलचित्रले दिने बताए । भुषालकै लेखन तथा पटकथा रहेको चलचित्रमा निरज कँडेलको छायांकन छ ।