सुरु भयो सरिताको आधा सुर

काठमाडौं । पारिवारिक कथानक फिल्म ‘आधा सुर’ को सुटिङ सुरु भएको छ । डेब्यु निर्देशक अशिन पौडेलको निर्देशन रहेको फिल्मको सुटिङ बुधबार भद्रकाली मन्दिरमा पूजाआजा गरि थालीएको हो ।

तीन युवाको गीतसँगीतप्रतिको मोह, संघर्ष र पारिवारिक स्थितिको कथा रहेको फिल्ममा अर्पण थापा, प्रविण खतिवडा,शिसिर वाङ्देल, सरिता गिरी, दिलिप रानाभाट, सुरज बिष्ट, बविता मल्ल,सुभांगम पराजुलीका साथमा नवनायक मोहन जैशी मुख्य भूमिकामा छन् । साउन १५ मा प्रेसमिटका बीच निर्माण घोषणा गरिएको फिल्म बिष्णु कल्पितले खिच्दैछन् ।

फिल्म क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा रहेको फिल्म काठमाडौ र पोखरामा खिचिने छ । फिल्मका गीतमा रोशनराज थापाको संगीत छ । ‘आधा सुर’ को स्क्रिप्ट निर्देशक अशिन स्वयम् र सौरभ कार्कीले लेखेको हुन् । फिल्म भरपुर मनोरञ्जक बनाउने दावी निर्देशक अशिनको छ ।