काठमाडौं । फिल्म ‘छ माया छपक्कै’ को पहिलो गीत ‘जुनको जुनेली’ सार्वजनिक भएको छ । दीपेन्द्र लामा निर्देशित फिल्मको लोक फ्लेभरको गीतमा असारको रोपाईदेखि दशैं र तिहारका दृश्य समेटिएका छन् । गीतमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी र सुपुष्पा भट्ट फिचर्ड छन् । गीतमा बसन्त थापा र मिना निरौलाको स्वर, राजेन्द्र थापाको शब्द र वसन्त थापाकै संगीत छ । गीतमा बुद्धि तामाङ र रजनी गुरुङ पनि फिचर्ड छन् ।
गीतमा केकी–दीपक र जितु–सुपुष्पाको प्रेमलाई देखाइएको छ । आगामी असोज २४ गते रिलिज हुने फिल्ममा रोहित अधिकारीको लगानी छ । केदार घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा दीपेन्द्रकै कथा, दीपकराज गिरीको पटकथा, केदार घिमिरे, अभिमन्यु निरवी र जितु नेपालको संवाद, रोशन श्रेष्ठ र दीपाश्री निरौलाको निर्देशन सल्लाहकार छ ।
हरि हुमागाईंको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको फिल्म आमा सुरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईबीच सहकार्य भएर निर्माण भएको हो ।