कसले पाउला उपासनाको माया ?

काठमाडौं । आगामी असोज ३ गतेबाट रिलिज हुने फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर सार्वजनिक भएको छ । सिनेमा आर्टस्को व्यानरमा रामबाबु गुरुङले निर्देशन गरेको फिल्मको ट्रेलरमा नायिका उपासना सिंह ठकुरीको माया पाउन दयाहाङ राई, विल्सनविक्रम राई र कर्माबीचको द्वन्द्वलाई देखाइएको छ ।

यो फिल्मको पहिलो संस्करण ‘कबड्डी’ र दोस्रो संस्करण ‘कबड्डी कबड्डी’को सिक्वेन्सलाई प्रस्तुत गरिएको ट्रेलरमा आफूलाई माया मारेकी सोल्टिनी सम्झेर बस्ने काजीको दिनचर्यालाई पनि देखाइएको छ । फिल्ममा दयाहाङ राई, उपासनासिंह ठकुरी, रिस्मा गुरुङ, विल्सनविक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लुनिभा तुलाधरलगायतको अभिनय छ ।

फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, शैलेन्द्र डी कार्कीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रुदेन सादा लेप्चाको सहनिर्माण, मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारको निर्माण छ । फिल्ममा रामबाबु र उपेन्द्र सुब्बाको कथा, पटकथा र संवाद छ ।