फस्र्टलुकमा मख्ख पोइ पर्यो कालेका कलाकार

काठमाडौं । फिल्म ‘पोई पर्यो काले’को फस्टलुक सार्वजनिक भएको छ । शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई दिपक मनाङ्गे र सरोज नेपालीले निर्माण गरेका हुन् । अमलादेवी राई कार्यकारी निर्माता रहेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् ।

फिल्मको फस्टलुकमा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ र सोहित मानन्धर छन् । यस्तै, फिल्मको फस्टलुकमा अभिनेत्री पूजा शर्मा र श्रृष्टी श्रेष्ठ पनि छन् । फिल्मको फस्टलुक हेर्दा यो पारिवारिक फिल्म हो भन्ने लाग्छ । फिल्म पोई पर्यो कालेलाई कमेडी कथामा निर्माण गरिएको छ ।

तर, फस्टलुक हेर्दा फिल्मका क्यारेक्टरको मुड खुशी देखिएको छ । यसैले पनि फिल्मको फस्टलुकले नै अहिले कथा खोलेको भने छैन ।