फूलमानलाई युवा वर्ष मोती पुरस्कार

काठमाडौं । युवाकवि मोतीराम भट्टको सम्मानमा स्थापित युवावर्ष ‘मोती’ पुरस्कारबाट यसपटक काभ्रेका स्रष्टा फूलमान वल र धनकुटाका शंकर चापागाइ“ (धनकुटे कान्छा) सम्मानित भएका छन् । १५४ औं मोती जयन्तीको अवसरमा संस्कृतिविद एवं वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले पुरस्कार हस्तान्तरण गरे ।

नेपाल शिक्षा परिषदद्धारा आयोजित समारोहमा कवि वल र चापागाइ“ले संयुक्त रुपमा ५० हजार रुपैंया र स्वर्णपदक पाए । राष्ट्रिय युवा सेवा कोषले २०४२ बाट दि“दै आएको पुरस्कार यसबर्ष वल र चापागाइ“ले पाएका हुन् । कथा, कविता र नाट्य विधामा कलम चलाउने वलका ‘महाभारतकी मैच्याङ’, ‘काजोल खातुन’, ‘म्हेन्दोमाया’ लगायतका कृति प्रकाशित छन् भने कविता र गजलमा कलम चलाउ“दैका धनकुटेका ‘इतिहास निफनेर’ लगायतका कृति प्रकाशित छन् ।

कोषका अध्यक्ष भीमबहादुर अधिकारीले नेपाली भाषा–साहित्यको प्रबद्र्धनका लागि मोतीरामको जस्तै कार्य गर्ने प्रतिभालाई हरेक बर्ष पुरस्कृत गर्दै आएको बताए । कोषका कार्यकारी सदस्य हरि शर्माले कोषले मोतीराम भट्टको विषयमा अध्ययन र अनुसन्धान गर्दै आइरहेको जनाए । सोही अवसरमा यसैवर्ष दिवंगत भएका १९ साहित्यकारलाई सम्झना गर्नुका साथै समस्यापूर्ति कवि सम्मेलन समेत गरिएको थियो । समस्यापुर्ति कविताका लागि संस्कृतिविद जोशीले ‘त्यो जुरेली चरीको’ शिर्षकको चार लाइन छन्द कविता दिएका थिए । त्यसैमा झण्डै दुई दर्जन कविहरुले कविता सुनाएका थिए ।