गोदावरीबाट सुरु भयो परिच्छेदको म

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरिरहेको नेपाली फिल्म ‘म’ छायांकन सुरु भएको छ । ललितपुरको गोदावारीमा अभिनेत्री सरिता लामिछाने र डेब्यु नायक सन्जोग रसाइलीको सटसँगै छायांकन शुरु भएको हो ।

फिल्ममा पाइलट विजय लामा, नायिका रेवती क्षेत्री, नायिका कुसुम गुरुङ, नायिका रेबिका गुरुङ, अनिल कंडेल, रामबाबु रेग्मी, सुन्दर धिताल, पवन भट्टराई लगायतको अभिनय छ । फिल्ममा परिच्छेद सेनको डेब्यू निर्देशन छ । उनले निर्माण गरेका सर्ट फिल्महरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्म फेस्टिवलहरुमा अवार्ड जितिसकेको छ । उनले यसअघि दर्जनौं फिचर फिल्महरुमा मूख्य सहायक निर्देशन समेत गरेका थिए ।

लामो समय देखी फिल्मका सम्पुर्ण विधामा अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको यो पहिलो फिल्म हो । यो फिल्मसँगै अब देखी हरेक बर्ष एकेडेमीले फिल्म निर्माण गर्ने र सम्भावना भएका विद्यार्थीहरुलाई अवसर दिने योजना रहेको एकेडेमीका सिईओ प्रकाश पुरीले जानकारी गराए ।

निर्देशक परिच्छेद सेनसँगै ’म’का सिनेम्याटोग्राफर तेन्जीन पाल्देन, एडिटर सुवीज्ञ सुन्दर श्रेष्ठ लगायत अधिकांश कलाकार र टेक्निसीयनहरु एकेडेमीबाटै फिल्म निर्माण पढेका हुन । यही बर्षको अन्त्य तिर प्रदर्शन गर्ने लक्ष्य राखीएको फिल्मलाई पदम पुरीले निर्माणमा सहयोग गर्दैछन् । आफ्नै विद्यार्थीहरु तथा अन्य कलाकारहरु लिएर एकेडेमिले नै फिल्म बनाउनु आँफैमा महत्वका साथ हेरिएको छ ।