फिजालाई यशराजको लभ यु हमेशा

काठमाडौं । फिल्म ‘लभ यु हमेशा’ शीर्ष गीत ‘लभ यु हमेशा’ सार्वजनिक भएको छ । कार्तिक २२ गते नेपाल र त्यसभन्दा अघिल्लो शुक्रबार अर्थात् कार्तिक १५ (नोभेम्बर १ ) मा भारतमा प्रदर्शन हुने फिल्मको गीतमा अभिनेता यशराज गरच र नवअभिनेत्री फिजा योन्जन फिचर्ड छन् ।

फिलिपिन्सको समुन्द्री तटमा खिचिएको गीतमा प्रताप दास र श्रेया सोताङको स्वर छ । भासुको शब्द र संगीत रहेको गीतको भिडियो कोरियोग्राफी भने रामजी लामीछानेले गरेका हुन् । धर्मा क्रियशनको ब्यानरमा यवन गुरुङको निर्माण र मिलन गुरुङ सहनिर्माता रहेको फिल्म भारतको कालेबुङ, सिलगुडी, काठमाडौ र फिलिपिन्समा खिचिएको हो ।

फिल्ममा यशराज र फिजाका साथमा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङलगायतका कलाकारले अभिनय गरेका छन् ।

शिब ढकालले खिचेको फिल्मको गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र एनबी महर्जनको द्धन्द्ध निर्देशन छ । रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले बितरण गर्ने फिल्ममा त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको बताइन्छ ।