लालुमैमा दुई प्रकाश सपुत

काठमाडौं । नेपाल आइडल प्रतिष्पर्धी सुरज थापाको शब्द तथा संगीत रहेको ‘लालुमै लालुमै’ बोलको गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच विवेक थापा र तारा थापाको स्वरमा रहेको नेपाली लोक शैलीको गीत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा मोडल तथा लोक तथा दोहोरी गायक प्रकाश सपूत, रियासा दाहाल र कुमार लामाको अभिनय रहेको छ । गीतमा प्रकाशले बाबु र छोराको दोहोरो भूमिका निर्वाह गरेका छन् ।

उत्तम हुमागाइँको छायांकन रहेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोलाई सुरज आफैंले निर्देशन गरेका हुन् ।