विपिन भए लक्ष्मीको सेल्फी किङ

काठमाडौं । फिल्म ‘प्रसाद’बाट राम्रो प्रशंसा पाएका अभिनेता विपिन कार्कीलाई लिएर सोही फिल्मको निर्माण समूहले नयाँ फिल्म ‘सेल्फी किङ’ निर्माण गर्ने भएको छ । फिल्म ‘प्रसाद’का निर्माता सुवास थापा र निर्देशक दिनेश राउतले निर्माण गर्न लागेको नयाँ फिल्ममा विशाल सापकोटाको डेब्यू निर्देशन रहनेछ ।

फिल्ममा विपिनको जोडीका रुपमा लक्ष्मी बर्देवा रहनेछिन् । राजधानीमा आइतबार आयोजित कार्यक्रममा निर्माण समूहले फिल्मका कलाकार सार्वजनिक गर्यो । फिल्ममा केकी अधिकारीको एक आइटम नृत्य हुनेछ ।

फिल्ममा भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । निर्देशक सापकोटाकै कथा रहने फिल्ममा प्रवल कोइराला र राजेश विशुरल सह–निर्माता र सुशन प्रजापतिको छायांकन रहनेछ । फिल्ममा जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, निर्मल लामाको कोरियोग्राफी रहनेछ । निर्माता राउतका अनुसार फिल्मले एक चर्चित टेलिभिजन हाँस्यकलाकारको सफलता र व्यक्तिगत जीवनको कथा वाचन गर्नेछ ।

तस्बिर सौजन्यः फिल्मीखबर डटकम,दी सिनेमा टाइम्स