पोइ कालो पर्दा रमाइन् पुजा

काठमाडौं । आगामी कात्तिक ८ गतेबाट रिलिज हुने फिल्म ‘पोइ पर्यो काले’ को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा फिल्मका प्रमुख कलाकारहरु सौगात मल्ल, पूजा शर्मा, श्रृष्टि श्रेष्ठ, आकाश खड्का, सुरक्षा पन्त र सोहित मानन्धर फिचर्ड छन् । उनीहरुलाई कोरियोग्राफर रामजी लामिछानेले नचाएका छन् ।

रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको शब्द छ । भिडियोमा आकर्षक सेट बनाइएको छ । फिल्मको कथा कालो वर्णका सौगातको वरपर घुमेको छ ।

शिशिर राणाको लेखन तथा निर्देशन रहेको फिल्ममा किरण नेपाली तथा राजिव गुरुङ र सरोज नेपाली लगानी कर्ता छन् । अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् ।