विवाहित महिलाले देखाए प्रतिभा

काठमाडौं । विवाहित महिलाहरुबीच राजधानीमा हुन लागेको सौन्दर्य प्रतियोगिताका सहभागीहरुले आफुमा निहीत प्रतिभा प्रदर्शन गरेका छन् । रिवन इन्टरटेनमेन्टले राजधानीमा आयोजना गर्न लागेको पाँचौ संस्करणको ‘मिसेस नेपाल इन्टरनेसनल २०१९’ मा सहभागी ३६ जना विभिन्न पेशाकर्मी र गृहीणीहरुले ट्यालेन्ट राउण्डअन्र्तगत प्रतिभा प्रदर्शन गरेका हुन् ।

सहभागीहरुले ट्यालेन्ट शोमा अभियन, नृत्य, कवितावाचन, चित्रकला, वक्तृत्वकला जस्ता विभिन्न प्रतिभा प्रदर्शन गरेका थिए । ट्यालेन्ट राउण्डबाट मिसेस ट्यालेण्ट चयन गरिने र त्यसको घोषण अन्तिम स्पर्धाका दिन गरिने प्रतियोगिताका पेजेन्ट निर्देशक निशुकान्त झाले जानकारी गराए ।

ट्यालेन्ट शोमा रंगकर्मी विरेन्द्र हमाल, शिक्षासेवी सुदन डोटेल, म्युजिक भिडियो निर्देशक समन अधिकारी, संगीतकार सरोज प्याकुरेल र चलचित्र निर्देशक तथा नृत्य निर्देशक सावित्री खत्री निर्णायक रहेका थिए । प्रतियोगिताका अन्तिम स्पर्धा आगामी असोज४गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुँदैछ ।

प्रतियोगितामा कुसुमादेवी खाँड मल्ल, भावीसा कोइराला, शवनम खरेल, रंगिना लाइ कंवम, सरस्वती बुढाथोकी, नम्रता शर्मा, आश्मा तामाङ, रोमी तण्डुकार, ऋतु किरण श्रेष्ठ, प्रतिमा ज्ञवाली, विना जोशीचन्द, कृष्णा महत, विमला केसी, स्नेहा राउत थापा, सृजना पाण्डे, मंगल बडे, रोजिना भट्टराई, शुसिला श्रेष्ठ, प्रतिमा मल्ल, सिल्पी गुप्ता, निरा तामाङ, सुलक्षणा भट्टराई, विमला हुमागाई, रुपा शाह, रश्मि शाक्य, रचना कदरिया, रोजिना महत, एलिजा महत, अराधना शाह, शुसिला भट्ट, सविना चालिसे, शान्ति देवी भट्टराई, सोनु नेवाङ तामाङ, सन्ध्या घिमिरे, इन्दिरा रानाभाट निरौला र आरती सिंह प्रतियोगी छन् ।