दुई चरणमा खिचिँदै सेल्फी किङ

काठमाडौं । फिल्म ‘सेल्फी किंग’को मंगलबार मुहुर्तसँगै छायांकन पनि सुरु भएको छ । मंगलबार बिहान भक्तपुरको गणेश मन्दिरमा शुभमुर्हुत गर्दै छायांकन शुरु गरिएको हो । ‘सेल्फी किङ’को नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा फिल्मले भन्नेछ । पहिलो दिन उक्त कलाकार सास्कृतिक कार्यक्रमका लागि काठमाडौं बाट सोलुखुम्बु तर्फ जाँदै गर्दाको यात्राको दृष्य छायाँकन गरिदैछ ।

काठमाडौं देखि सोलुखुम्बु सम्मका बिभिन्न मनमोहक स्थानहरुमा फिल्मको छायाँकन हुनेछ । छायाँकनका लागि दशैं अघि र दशैं पछि गरि २ सेड्युल तयार गरिएको निर्माण पक्षले जनाएको छ । जस अनुसार दशैं अघिको सेड्युल आजबाट शुरु भएको छ । २५ दिन लामो पहिलो सेड्युलमा सोलुखुम्बु, खुर्कोट, घुर्मि लगायत काठमाडौं देखि सोलुखुम्बु सम्मका बिभिन्न स्थानमा फिल्मको छायाँकन हुनेछ ।

ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्मलाई बिशाल सापकोटाले निर्देशन गर्दैछन् । फिल्मको शिर्ष भूमिकामा विपिन कार्कीको अभिनय रहने छ । विपिनका अलवा फिल्ममालक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गर्नेछिन ।

निर्माता सुभाष थापा र सोही फिल्मका निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्ममा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मललामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पौडेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहने छ । फिल्ममा फष्ट एडिका रुपमा दिनेश बहादुर रावत, सेकेण्ड एडिका रुपमा गणेश शाही, एडिका रुपमा राजेश राज गिरी, तर्कराज न्यौपाने, सुलभ थापा रहेका छन् । फिल्मका सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।