कुमारले ल्याए यो दुनियाँ

काठमाडौं । गायक कुमार पौड्यालको आधुनिक गीत ‘यो दुनियाँ’ सार्वजनिक भएको छ । बुढेसकालमा आउने शारिरिक समस्या पछि परिवारमा भोग्नु परेको पिडा समेटिएको गीतमा स्वर कुमार पौडेल, शब्द तथा लय कृष्ण गोपाल तामाङ, एरेन्ज कमल सौरागको रहेको छ ।

गाएक पौडेलले एक दर्जन भन्दा बढि आधुनिक तथा लोक गीतमा स्वर दिईसकेका छन् । राज के.सी.को निर्देशनमा आएको म्युजिक भिडियोमा राजेन्द्र वाग्ले, सपना खड्का, पृथ्वीराज, आशा लामा (ज्ञानमाला) र अमोग ढुंगेलको अभिनय रहेको छ भने छाँयाकन मुकेश हुमागाँई, सम्पादन प्रकाश एस.के र श्रृगार कविता तोलाङ्गीले गरेका छन् ।

स्थायि डिजिटल स्टुडियोमा रेर्कडिङ गरिएको गीतमा मिक्सिङ मास्टरिङ कुमार राना, पोस्ट प्रोडक्सन आर.एम फिल्मसको रहेको म्युजिक भिडियो डि.ए.आर. मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको हो ।