आँचलको मायामा महेशको माया बिरानी

काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा ‘नाच फिरिरि’बाट आफुलाई स्थापित बनाउन सफल गायक महेश काफ्लेको ‘माया बिरानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । जि २१ डिजिटलको प्रस्तुती समेत रहेको उक्त म्युजिक भिडियो जि २१ डिजिटलको अफिसियल यु(ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको छ । महेश काफ्लेको शब्द र सङ्गीत रहेको गीतलाई उदय राज पौडेलले म्युजिक एरेन्ज गरेका हुन् । गीतको भिडियोमा भने नायक नाजिर हुसेन, नायिका आँचल शर्मा र गायक महेश काफ्लेलाई फिचर गरिएको छ ।

असिम शाहले निर्देशन गरेको उक्त भिडियोलाई हरी हुमागाई र उत्तम हुमागाईले खिचेका हुन् भने सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् ।