दया र उपासनाको माया पिरती

काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को नयाँ गीत ‘माया पिरती’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरी फिचर्ड छन् । गीतमा कालीप्रसाद बासकोटाको एकल गायन, शब्द र संगीत छ ।

स्वजातिय विवाह र अन्तरजातीय प्रेमकथा बोल्ने फिल्ममा रामबाबु गुरुङको लेखन तथा निर्देशन छ । फिल्मको यसअघि सार्वजनिक ट्रेलर र गीतले पनि चर्चा पाइसकेको छ ।

फिल्ममा दयाहाङ र उपासनासँगै कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ ।