चर्चा बटुल्दै भाग्य आ–आफ्नो

काठमाडौं । नेपाली टेलिभिजनमा पछिल्लो समयमा कमेडी प्रधान हास्य टेलिशृंखलाको बाहुल्यता बढे पनि पारिवारिक शृंखलाको लोकप्रियता सेलाएको छैन । समसामयिक विषयमा निर्माण गरिएका टेलिशृंखलाको चर्चा सहरसँगै ग्रामीण बस्तीमा पनि बाक्लिँदै गएको छ ।

यसै परिप्रेक्ष्यमा रमाइलो एचडी टीभीमा प्रसारण भइरहेको शृंखला ‘भाग्य आ–आफ्नो २’को चर्चा पनि उत्तिकै छ । रमेश कोइरालाको लेखन तथा निर्देशन रहेको यो शृंखला उनकै भनाईमा विशेषत ग्रामीण भेगमा लोकप्रिय छ । । ‘डिस होमको नेटवर्कका दर्शक सहरमा भन्दा बढी गाउँमा राम्रो छ । इन्टरनेट सेवा पुगेर पनि युट्युब चलाउन नजान्ने दर्शकको संख्या हाम्रो श्रृंखलामा उच्च छ’, रमेश भन्छन्, ‘डिस होमले गरेको सर्वेक्षणमा अमेरिकामा ३२ प्रतिशत नेपालीले हेर्ने गरेको पायौं । नेपाल भन्दा बाहिर नेपाल बाहिरका दर्शकको संख्या उल्लेख्य छ । नेपाली भाषा र नेपालीपन देखाइने भएकाले पनि टिभीमा दर्शकको संख्या राम्रो पाएका छौं ।’

यो शृंखलामा पुकार भट्टराई, जेएन घिमिरे, धर्मेन्द्र आचार्य, अनु निरौला, दीपक ढकाल, कोपिला थापा, तारा केसी, सुष्मिता कार्की, सिपी पौडेल, केदार दवाडी, राजेन्द्र केसी, दीपकराज पाठकसँगै नवकलाकार नम्रता आर्यलको अभिनय छ ।

रमाइलो टीभीको प्रस्तुतिमा रोशन रिजालको निर्माण रहेको शृंखलामा जय ओझाको पटकथा तथा संवाद, मिश्रीलाल यादवको सम्पादन, दयाराम पाण्डेको गीत, मान्सी किरणको संगीत, रिता केसीको स्वर, मोहनविक्रम शाहको छायांकन, राधाकृष्ण आचार्यको मुख्य सहायक निर्देशन छ ।