कमेडी च्याम्पियनमा २४ प्रतिष्पर्धी

काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’मा उत्कृष्ट २४ जना छनोंट भएका छ । डिजिटल अडिसनमा मोबाइलएप, वेबसाइट, सामाजिक सञ्जाल पेजसँगै रेडियो अडियोमार्फत सहभागी दुई हजार प्रतियोगीमध्येबाट निर्णायक मण्डलले एक सय पाँच छनोट गरेको हो ।

गत असोज २ र ३ गते गरिएको फिजिकल अडिसनमा सहभागी एक सय पाँचमध्येबाट २४ छनोट भएका हुन् । उनीहरुले प्रत्यक्ष रुपमा निर्णायकमाझ आफ्नो कला प्रस्तुत गरेका थिए । जसलाई हास्यकलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराईको निर्णायक मण्डलले छनोट गरेको थियो ।

२४ छनोट प्रतियोगीमध्ये २ भारतको दार्जिलिङ र असामका रहेका छन् । छनोट भएका २४ लाई कमेडी च्याम्पियन टिमले नै क्लोज क्याम्पमा राखेर मोनिटर गर्नेछ । उक्त प्रतियोगीमध्येबाट टप १५ लाई निर्णायकले नै छनौट गर्नेछन् भने त्यसपछि भोटिङ मार्फत कमेडी च्याम्पियनको विजेता चयन हुनेछ । प्रतियोगितामुलक यो कमेडी रियालिटी शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गर्नेछ ।

अभिनेत्री केकी अधिकारी , राज घिमिरे र सृजय थपलिया निर्माता रहेको शो बिशाल भण्डारीको निर्देशनमा तयार हुनेछ । शो ७५ प्रतिशत स्क्रिप्टेड हुनेछ, जसलाई शान बस्न्यातले लेख्नेछन् । विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् । कार्यक्रम छिटै नै कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ । यसलाई रेडियो अडियोबाट पनि सुन्न सकिनेछ । वेलकम एड्भरटाईजीङको बजार व्यस्थापन रहेको शोको टेक्निकल पाटोलाई शनबिले हेर्नेछन् ।