सँगै प्रमोसनमा छैनन् ऋतिक र टाइगर

मुम्बई(एजेन्सी) । विगत लामो समयदेखि बलिउड स्टारद्वय ऋतिक रोशन र टाइगर श्राफका फ्यान दुवै स्टारलाई सँगै हेर्ने व्यग्र प्रतिक्षामा छन् । आफुहरु अभिनित फिल्म ‘वार’को प्रमोसनमा सँगै नदेखिने भएपछि कतै यी दुवै कलाकारबीच द्वन्द्व त बढेको छैन भन्ने चर्चा बलिउडमा चल्न थालिसकेको छ ।

खास कुरा गर्दा ऋतिक र टाइगरबीचको माधुर्य सम्बन्ध कायमै छ । तर फिलम निर्माण पक्षले भने फिलममा जस्तै उनीहरुलाई पनि बाहिरी रुपमा दुस्मनकै रुपमा उभ्याउन चाहेका छन् ।

‘वार जस्तो ठूलो फिल्ममा दुई ठूला एक्सन सुपरस्टार छन् । हामी चाहन्छौं कि दर्शक पहिलोपटक ऋतिक र टाइगरलाई ठूलो पर्दामा नै देखुन् । उनीहरु एकापसलाई टक्कर दिँदै गरेको हेर्न दर्शक पनि उत्सुक छन्’, फिल्मका निर्देशक सिद्धार्थ आनन्द भन्छन् ।