एलिनालाई के गाह्रो ?

काठमाडौं । अभिनेत्री तथा मोडल एलिना बास्कोटा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पञ्जाबी मोडल ह्यारी चहलको अभिनय गरेको गीतमा नेपाली मोड लोमस र सन्तोषले पनि अभिनय गरेका छन् ।

‘गाह्रो छ’ बोलको सार्वजनिक गीतमा बाहुबली नाम दिएको कुकुरको पनि अभिनय हेर्न सकिन्छ । अभिनेत्री एलिनाले थुप्रै म्युजिक भिडियो र नेपाली सिनेमामा काम गरिसकेकी छन् ।

राजकुमार बगरको शब्द तथा संगीत रहेको गीतमा पछिल्लो समयकी चर्चित गायिका मिना निरौलाको स्वर छ । उक्त भिडियोको निर्देशन प्रज्वल राज घिमिरेले गरेका हुन् । आइटम बिटमा निर्माण गरिएको गीतले दर्शकको मन जित्ने निर्माण टिमको भनाई छ । गीतको अडियो तथा भिडियोलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ ।