कसका लागि छैन् काले दाईको दुनियाँ ?

काठमाडौं । फिल्म ‘काले दाई’ को गीत ‘यो दुनियाँ मेरो लागि’ बोलको गीत सार्वजनिक भएको छ । सुरज थापाको स्वर रहेको गीतमा पवनवाङ लामाको संगीत तथा इन्द्र रामजाली र गोविन्द श्रेष्ठको शब्द छ ।

गीतको भिडियोमा मोसन पिक्चर र संवाद राखिएको छ । असोज १७ गतेबाट रिलिज हुने फिल्ममा प्रेममा परेको जातीय अन्तरविरोधलाई देखाइएको छ । फिल्ममा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ । फिल्मका निर्देशक शिव शर्मा हुन् ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ । यसमा इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’ को सम्पादन छ ।