तर बाँसुरी मनकोमा राममणि

काठमाडौं । गायक राममणि फुयाँलको ‘तर बाँसुरी मनको’ गितको भिडियो रिलिज भएको छ । गितमा गायक फुयाँलको आफ्नै शब्द र संगित तथा सुजता तिमिल्सिनाको स्वर छ । उक्त गितको भिडियोमा तिमिल्सिनाले नै मोडलिङ गरेकी छन् ।

गितको भिडियोमा एरेन्ज पुरुषोत्तम सुवेदी र मिक्सिङ किशोर थापाको रहेको छ । त्यस्तै क्यामरामा सन्जु थोकर लामा र जोन राइको निर्देशन तथा सम्पादन रहेको छ ।

हाईलाइट्स नेपालद्वारा रिलिज गरिएको उक्त भिडियो तिमिल्सिनाले निर्माण गरेका हुन् । अस्ट्रेलियामा बस्दै आएका फुयाल र तिमिल्सिनाले छोटो समयमै नेपाल बसाइको क्रमममा म्युजिक भिडियो निर्माण गरिएको हो ।