निश्चललाई साली स्वस्तिमा मनपरेपछि

काठमाडौं । हेमराज बिसी निर्देशित फिल्म ‘घामड शेरे’को पहिलो डान्सिङ नम्बरको गीत ‘साली मन पर्यो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचर्ड छन् । कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत रहेको गीतमा प्रदीप लामा (द नेक्स्ट)को कोरियोग्राफी छ । गीतमा संगीतकार कालीप्रसाद र अश्मिता अधिकारीको स्वर छ ।

कमेडी ड्रामामा निश्चल र स्वस्तिमाका अलावा शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक र रोयको पनि अभिनय छ । अभिनेत्री गौरी मल्ल अतिथि भूमिकामा छिन् ।

नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको फिल्ममा नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । फिल्म कार्तिक ८ मा रिलिज हुनेछ ।