सुमी आउँदा के भयो सनीलाई ?

काठमाडौ । आगामी कार्तिक २२ गते रिलिज हुने फिल्म ‘सरौतो’मा रहेको गीत ‘केही आधा’ सार्वजनिक भएको छ । गीतमा सुमी मोक्तान र सनी सिंह फिचर्ड छन् । गीतमा पुष्पन प्रधानको शब्द, संगीत र स्वर छ ।

कुशल छायाकारका रुपमा परिचित हरि हुमागाईंको डेब्यू निर्देशन रहेको फिल्मको गीतमा बन्दीपुर, पोखरा, धम्पुस, मुस्ताङ, लुम्बिनी, सौराहा र जनकपुर समेटिएको छ । फिल्ममा लियो ट्यांक, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङलगायतका कलाकार अभिनय छ ।

बदलाको कथामा तयार पारिएको फिल्म बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको हो । फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको एक्सन छ ।