दशौं मिस पुर्वान्चलको खोजी

धरान । २०१० बाट शुरु भएको पूर्वको पुरानो तथा सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित सौन्दर्य प्रतियोगिता नेपाल आईस मिस पूर्वाञ्चलको दसौँ संस्करणको तयारी सुरु गरिएको छ । हरेक बर्ष कम्तीमा १२ कक्षा पढ्दै गरेका पुर्बी नेपालका युवतीहरुलाई सहभागी गराइने कार्यक्रम हरेक बर्ष धरानमा आयोजना हुदै आएको छ । सिजीब्रुअरीको मुख्य प्रायोजनमा आयोजना हुने दसौ संस्करणको मिस पुर्वान्चलको लागि आवेदन फारम खुल्ला भएको आयोजकले जानकारी दिएको छ । आवेदन अनलाइन संगै एसएमएस बाट समेत आवेदनदिन सकिने छ ।

अनलाइन तथा एसएमएसबाट आएका आवेदनहरूका आधारमा तिहार पछि दसौँ संस्करणको मिस पुर्वान्चलको अडिसन सुरु हुने बताइएको छ । त्यस्तैै पुर्व भरिको कुनै पनि सौन्दर्य प्रतियोगिताको बिजेता तथा उपबिजेताहरुलाई बिना अडिसन सहभागी गराईनेछ भने तिहार लगतै अडिसन मिति र कार्यक्रमको फिनाले मिति समेत सार्वजनिकगरिने छ ।
अडिसनपछि छानिएका प्रतियोगीहरुलाई एक महिना व्यक्तित्व विकास, फेशन, र्याम्पवर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ ।

बिजेता, फर्स्ट रनर अप, सेकेन्ड रनर अपसंगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, रमिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सनलगायतका बिभिन्न सबटाइटलको उपाधि संगै बिजेताहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । गतबर्ष पौष १४ गते सम्पन्न नेपालआइस मिस पूर्वाञ्चल नवौँ संस्करणमा विजेतापूजाश्रेष्ठलाई मिस पूर्वाञ्चल २०१८ को उपाधिसँगै यामाहा( फेसिनोको स्कुटर र हंगकंग भ्रमणको अवसर प्रदानगरिएको थियो । त्यस्तै फस्ट र सेकेन्ड रनर अफलाई क्रमशःनगद एक लाख र पचास हजार प्रदानगरिएको थियो ।

सिल्भर इन्टरटेन्टमेन्टको आयोजनामाभएको मिस पूर्वाञ्चलको उपाधि यस अघि २०१० मा सविना सुब्बा (बिर्तामोड), २०११ माप्रतिभाश्रेष्ठ (धरान ), २०१२ माअस्मिता गुरुङ(धरान ), २०१३ मा नेहाबजाज(धरान ), ,२०१४ मा नेमिताआङबुहाङ(उर्लाबारी ), २०१५ माप्रियङकाश्रेष्ठ (बिराटनगर ),२०१६ मा कृतिकागिरी (बिर्तामोड) , २०१७मा रुबीलिम्बु (धरान) र २०१८ मापुजाश्रेष्ठ(भद्रपुर ) ले जितेकीथिईन ।