आँट खोज्दै सरौतोकी सुमी

काठमाडौं । नायिका सुमी मोक्तानलाई एक्सन अवतारमा प्रस्तुत गरिएको फिल्म ‘सरौतो’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा सुमीको एक्सनलाई दमदार रुपमा देखाइएको छ । उनलाई बोल्न नसक्ने चरित्रमा प्रस्तुत गरिएको छ । फिल्म आगामी कार्तिक २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

ट्रेलरमा युवराज लामा, विजय लामा, धिरेन शाक्य, आमिर गौतम, सनी सिंहलगायतका कलाकारको उपस्थिति देखाइएको छ । म्युजिक भिडियो, विज्ञापन र फिल्म छायांकनमा अब्बल हरि हुमागाईंको डेब्यू निर्देशन रहेको फिल्ममा अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङलगायतको पनि अभिनय छ ।

बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रविन मानन्धरको कलर, ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ भने राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, श्रेया सोतांगको स्वर दिएका छन् ।

यसलाई काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाइ उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।