युवा संघमा डिल्ली मनोनित

काठमाडौं । नेपाल चलचित्र युवा मञ्चका सचिव, निर्माता तथा कलाकार डिल्ली कुमार लिङदेन ( डिक्सो ) नेकपा भातृ संगठन युवा संघ नेपालको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । उनले ‘काबेली’, ‘क्राइम’, ‘बाटो मुनिको फुल’, ‘अनमोल माया’, ‘क्रान्ति’लगायत एक दर्जन भन्दा बढि चलचित्रमा अभिनय गरेका छन् । उनले निर्माण गरेका चलचित्र ‘काबेली’, ‘क्राइम’, ‘अदालत’, ‘अनमोल माया’ आदि हुन् ।

चलचित्रकर्मीसँगै उनी युवा व्यवसायी पनि हुन् । व्यवसाय, चलचित्रकर्मसँगै राजनीतिलाई पनि निरन्तरता दिदै आएका लिङ्देनले आफ्नो जिम्मेवारी पूरा गर्न सधै तत्पर रहेको बताए । ‘परिवर्तन एवम् समाज बिकासका निम्ति चलचित्र क्षेत्रले पनि त्यति नै योगदान पु¥याउदै आएको छ’, उनी भन्छ, ‘जति राजनीति दलहरुले गरेका छन् ।

विशेष गरि युवाहरुको लागि राज्यले गुणस्तर शिक्षा तथा आकर्षक रोजगार दिलाउनु पर्नेछ ।’ लिङ्देनले चाडै नै दिनेश लिङदेनको निर्देशन कुण्डली नामक चलचित्र निर्माण गर्दैछन् ।