पोइ पर्यो कालेलाई यूनिभर्सल सर्टिफिकेट

काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पोई पर्यो काले’ ले सेन्सर बोर्ड बाट युनिभर्सल सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएपछि सबै वर्ग र सबै उमेरका दर्शकले हेर्न सक्नेछन । फिल्ममा शिशिर राणाको कथा र निर्देशन छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल,श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् ।

शिव ढकालको छायांकन रहेको चलचित्रमा अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ ।