को बन्ला सत्यराजको अन्तरे ?

काठमाडौं । विगत १२ वर्षदेखी निरन्तर फिल्म क्षेत्रमा सक्रिय निर्देशक सत्यराज चौलागाई चाँडै दर्शकमाझ ‘अन्तरे’ लिएर आउँदै छन् । चलचित्र विकास बोर्डमा दर्ता भइसकेको यो फिल्मका लागि उनी यतिबेला कलाकारको खोजीमा छन् ।

रेड आइज फिल्म्स्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा राज पण्डित र सुबास राईको लगानी हुनेछ । ‘फिल्मको मुख्य पात्र ‘अन्तरे’ नै खोजी गरिराखेका छौं । अन्तरे पाउने बित्तिकै फ्लोरमा जान्छौं’, उनी भन्छ, ‘यो अलिक चरित्रात्मक फिल्म भएकोले त्यही किसिमको चरित्र निभाउने किसिमको कलाकार खोजिरहेका छौं ।’

सत्यराजका अनुसार फिल्मले सुकुम्बासी मुद्धासँगै अन्य विविध विषयलाई प्रस्तुत गर्नेछ । उनले यसअघि फिल्म ‘अनुराग’बाट फूल निर्देशकका रुपमा डेब्यू गरेका थिए । उनले दर्जन बढी फिल्ममा मुख्य सहायक निर्देशकको अनुभव संगालीसकेका छन् ।