सगरमाथा आधारशिविरमा फेसन शो

काठमाडौं । आगामी सन् २०२० को जनवरी अन्तिम साता सगरमाथा आधार शिविरमा सूचना वर्गले फेसन सो हुने भएको छ । यो शोमा फेल्ट र पश्मिना जस्ता नेपालमै उत्पादन भएका पहिरनलाई मोडलले प्रस्तुत गर्नेछन् ।

बायोडेग्रेडेबल फेसन उत्पादनहरूबाट प्रकृति र हिमालहरूलाई बचाउन विश्वको ध्यान आकर्षित गर्न सगरमाथाको आधारशिविर छानिएको आयोजक कासाले जनाएको छ । संसारकै सबैभन्दा उच्चस्थानमा हुने फेशन शोमा १५ जना अन्तर्राष्ट्रिय सुपर मोडलहरूले ¥याम्प नाप्नेछन् ।

कासाका प्रमुख रमिला नेमकुलले वर्तमान अवस्थामा मौसम परिवर्तनको चुनौतीको सामना गरिरहेकाले मानवजातिलाई हिमालयको पद्यात्राको क्रममा बायोडिग्रेडेबल वस्तुहरू प्रयोग गर्न निशिक्षत गर्नु र एकसाथ विश्वलाई बायोडिग्रेडेबल कपडा प्रयोग गर्नका लागि शिक्षा दिन शो आयोजन ागर्न लागिएको बताइन् ।

दुई वर्ष अघि काठमाडौंमा फेसन ब्राण्डका रुपमा स्थापित स्थापित कासाले २ वर्षको अवधिमा अमेरिका, क्यानडा र अष्ट्रेलियामा बजार विस्तार गरिसकेको छ । कासा यूरोपियन डिजाइनका लागि पनि परिचित छ ।