पुजा र आकाशको सम्झना बिर्सना

काठमाडौं । हलमा प्रदर्शनरत फिल्म ‘पोइ पर्यो काले’का प्रमुख कलाकार पूजा शर्मा र आकाश श्रेष्ठ नयाँ फिल्म ‘सम्झना बिर्सना’मा सँगै अभिनय गर्ने भएका छन् । दुईको प्रमुख भूमिका रहने फिल्मको शुक्रबार राजधानीस्थित भद्रकाली मन्दिरमा मुहुर्त गरियो ।

दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित रहने फिल्ममा निमेष प्रधानको निर्देशन रहनेछ । आदित्य प्रधान र रेविका प्रधानले निर्माण गर्ने फिल्ममा सुनिल थापा, शिशिर राणा र सिक्किमकी नयाँ कलाकार चाँदनी प्रधानको पनि अभिनय रहनेछ ।

आदित्य फिल्मस्को व्यानरमा निर्माण हुने फिल्ममा शिव ढकालको छायांकन हुनेछ । फिल्म कार्तिक २१ गतेबाट फ्लोरमा जानेछ । पुजा र आकाशको यो चौथो सहकार्य हो ।