मंसिरमा आउँदै १२ सत्ताईस

काठमाडौं । निर्देशक जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्म ‘१२ सत्ताइस’ले तिहारको अवसर पारेर फिल्मको फष्टलुक पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा फिल्म भित्रका सम्पूर्ण प्रमुख पात्रहरुलाई स्थान दिइएको छ । फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, समरांत थापा, अभोनराज उप्रेती, भीष्म जोशीलगायतको अभिनय रहेको छ ।

कमेडी फ्लेभरमा बनेको फिल्मले ३ जना युवा बेरोजगारहरुको कथा समेटेको छ । ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्ममा रेणु राना, दिपक खतिवडा र रुपक थापाको लगानी छ । फिल्मका सहनिर्मातामा गौतम शाह छन् ।

आगामी मंसिर २७ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई काफिया फिल्म्स र श्री ब्याङ्कटेश ईण्टरटेण्टमेण्टले वितरणको जिम्मा लिएको छ । निर्देशक योञ्जन कै कथा रहेको फिल्ममा दिपक आर्जेको संगीत, प्रकाश मल्लको शब्द, अनिश स्याङदेनको छायांकन, कृष्ण भण्डारीको सम्पादन छ ।