धूम ४ मा अक्षय कुल भिलेन

मुम्बई(एजेन्सी) । तीनवटा धमाकेदार ‘धुम’ सिरिज पछि आदित्य चोपडा चाँडै नै ‘धुम ४’ लिएर आउने तयारी गर्दैछ । कैयौं दिनदेखि फिल्मको प्रमुख भूमिकाका लागि विभिन्न कलाकारको नाम चर्चामा थियो । तर हालै मात्र निर्माण युनिटले अक्षय कुमारलाई फिल्मको भिलेनमा फाइनल गरेको छ । उनको भूमिका अघिल्लो संस्करणमा आमिर खानले निभाएको जस्तै भूमिका हुनेछ ।

हालैमात्र आदित्यले अक्षयलाई चौथो संस्करणका लागि फाइनल गरेका हुन् । अक्षयले फिल्ममा ‘२.०’ भन्दा खतरनाक भिलेनको भूमिका निभाउनेछन् । चौथो संस्करणका लागि अक्षयको भूमिका निश्चित गर्नका लागि उनीहरु कैयौंपटक भेटघाट गरेका छन् । आदित्यले अक्षयलाई फिल्मको पुरा स्क्रिप्ट नै सुनाएका छन् ।

समाचार अनुसार फिल्ममा प्रमुख भूमिका एक अन्डरवल्र्ड डनको हुनेछ । यसपटक धुमको भिलेन निकै कुल र अघिल्लो संस्करणको भन्दा फरक हुनेछन् । सबै कुरा ठिक समयमा चल्यो भने वर्षको अन्त्यसम्ममा फिल्म र त्यसको प्रमुख कलाकारको बारेमा आधिकारिक घोषणा पनि गर्नेछन् ।