मुम्बई(एजेन्सी) । बलिउड कलाकारहरु कैयौं पटक आफ्ना तस्बिरका कारण सामाजिक सन्जालमा ट्रोलरको शिकार बनेका छन् । बलिउड स्टार शाहरुख खानले पनि दिवालीको अवसरमा सामाजिक सन्जालमा राखेको एक तस्बिर ट्रोलको शिकार भएको छ । उनले दिवालीको बधाई दिँदै पत्नी गौरी र कान्छा छोराको साथमा निधारमा टिका लगाएर तस्बिर ट्वीटरमा राखेपछि उनी ट्रोलको शिकार बनेका हुन् ।
शाहरुखको यो तस्बिर केही व्यक्तिलाई मनपरेपछि तस्बिरको उनीहरुले खुलेर विरोध गरेका छन् । शाहरुखले उक्त तस्बिर राख्दै ‘सबैलाई ह्याप्पी दिवाली, तपाईको जिन्दगी पनि उज्यालोले भरियोस्’ भन्दै फ्यानलाई शुभकामना दिएका थिए । केही ट्रोलरले विरोध गरिरहँदा केहीले बचाउ पनि गरेका छन् । अभिनेत्री शबाना आजमीले शाहरुखको शुभकामनालाई कट्टर इश्लामिकले विरोध गरेकोमा आपत्ति जनाएकी छन् ।
शाहरुखलाई नक्कली मुसलमान भन्दै गाली गरेकोमा आपत्ति जनाउदै इस्लाम धर्मको मामलामा कमजोर नरहेको दाबी गरेकी छन् । कट्टरपन्थीलाई मुखभरीको जवाफ दिँदै शाहरुखको समर्थन गरेकोमा आजमीको ट्वीट भाइरल बनिरहेको छ ।