विजयको बिजिललाई पाँच दिनमा २ सय करोड

मुम्बई(एजेन्सी) । तमिल सुपरस्टार अभिनेता विजयको फिल्म ‘बिजिल’ले बक्स अफिसमा बक्पर कमाई गरिरहेको छ । यो फिल्मले रिलिजको पाँच दिनमै वल्र्डवाइड २ सय करोड बढीको कलेक्सन गरेको छ । निर्देशक एटलीद्वारा निर्देशित यो फिल्मले तमिलनाडुमा मात्रै ८५ करोडको कलेक्सन गरेको छ ।

फिल्म व्यापार विश्लेषक कौशिक एल एमका अनुसार फिल्मले रिलिजको पाँचौं दिनमा अमेरिकामा पनि १ मिलियन डलर्सको कमाई गरिसकेको छ । यसभन्दा अघि विजयको फिल्मसरकार, मेर्सल र थेरी पनि विश्वव्यापी रुपमा ब्लकब्लष्टर साबित भएको थियो । विजयले यसअघि एटलीसँग थेरी र मार्सल जस्ता फिल्ममा काम गरिसकेका छन् ।

दुवै फिल्मले बक्स अफिसमा १ सय ५० करोड भन्दा माथिको व्यापार गरेको थियो । बलिउड फिल्ममेकर करण जोहारले पनि फिल्मको खुलेर तारिफ गरेका छन् । उनले एटलीलाई सुपरस्टार निर्देशक भनेका छन् ।

फिल्म ‘बिजिल’मा विजय एक दशकपछि नायिका नयनतारासँग स्क्रिन शेयर गरेका छन् । उनीहरुले यसअघि सन् २००९ मा फिल्म ‘विल्लू’मा काम गरेका थिए । फिल्ममा ज्याकी श्राफ, नयनतारा, कथीर, योगी बाबू र विवेकलगायतको अभिनय छ ।