कार्टुन लुक्समा दुई बादशाह

काठमाडौं । आगामी शुक्रबारबाट रिलिज हुने फिल्म ‘बादशाह जुट’को कार्टुन लुक्स सार्वजनिक भएको छ । फिल्मका प्रमुख दुई पात्र सुशील श्रेष्ठ र आमिर गौतमको कार्टुन रुपलाई नयाँ लुक्समा समेटिएको छ ।

आफुलाई बादशाह ठान्ने दुई युवकको कथा प्रस्तुत गर्ने फिल्ममा जोनी सिंह राणाको निर्देशन छ । कार्टुन पोस्टरलाई टौवा क्रिएसनले तयार पारेको हो । फिल्ममा केइसा रावत, रोषी खड्का, रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ ।

अभिषेक शशि कुमारले लेखेको पटकथामा राजु कार्कीले छायाँकन, राजकुमार उप्रेतीले एक्सन, दिर्घ खड्काले सम्पादन र कृष्ण भारद्वाजका साथै कोसिस क्षेत्री, मोहित मुनालले संगीतमा काम गरेका छन् ।

हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेको सिनेमा एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरिएको हो ।