नेपाल अफ्रिका फेस्टिभलमा तेह्र नेपाली फिल्म

काठमाडौं । आठौं संस्करणको ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ यही शनिबारबाट तीन दिनसम्म काठमाडौंको जमल स्थित नाचघरमा आयोजना हुने भएको छ । महोत्सवमा नेपालबाट सुम सापकोटा निर्देशित पाखुरे, सृजना तावेवुङ निर्देशित देवकी, सुनिल पाण्डे निर्देशित अनन्त यात्रा, निमबहादुर बस्नेत निर्देशित हलो, अनुरुध्र आत्रेय निर्देशित अर्ध लिखित, गणेशजँग रावल निर्देशित भोक, आशिष भण्डारी निर्देशित पेन्सिल, महेश दाहाल निर्देशित रिभर्स, महेश्वर साम्बाहाम्फे निर्देशित नाम्लो, भिमलाल श्रेष्ठ निर्देशित मकै विवाह र नेपाल पर्यटन बोर्डको नेपाल ल्याण्ड आफ डाईभर्सिटी रहेको छ ।

आयोजक संस्था कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनले बिहिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै महोत्सवको तयारी पुरा भएको जनाएको छ । नेपाल र अफ्रिकाको चलचित्र संस्कृति आदन प्रदानको लागि हरेक वर्ष आयोजना गर्दै आएको छ ।

‘हामीले जहिले पनि पश्चिमाहरुको मिडियाबाट उनीहरुको अवधारणा अनुसार अफ्रिकालाई हेर्दै आएका छौं । हामीले हाम्रो लेन्सबाट अफ्रिकालाई हेरेर आपसमा सांस्कृतिक आदानप्रदान गर्नुपर्छ भनेर ८ वर्षअघिबाट यो महोत्सव सुरु गरेका हौं ।’ महोत्सब अध्यक्ष एवम् कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले भनिन् ।  फ्रान्सबाट महोत्सवमा सहभागी हुन आएका चलचित्र निर्देशक, सिनेमाटोग्राफर फरिद डेभिसले आफु नेपालमा पहिलोपटक आएको र नेपाल अफ्रिका फिल्म फेस्टिबलमा सहभागी हुन पाउँदा खुसी लागेको बताए ।

मिश्रले अफ्रिका गरेर महोत्सबका लागि कुल २५ वटा लामा र छोटा चलचित्र, बृत्तचित्र एवम् कार्टु फिल्म चयन गरिएको बताईन् । जसमा नेपालबाट १३ ओटा सिनेमा रहेका छन् । बाँकी १२ ओटा सिनेमा अफ्रिकाका विभिन्न देशबाट रहेको पनि अध्यक्ष डा. मिश्रले जानकारी गराएकी गराईन् । उनकाअनुसार यस पटक नेपाल र अफ्रिकाको नाईजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी÷नर्वे÷जर्मनी र बेलायतका सिनेमा रहेका छन् । यसरी महोत्सबमा नेपाल सहित १२ देशका फिल्महरु प्रदर्शन गरिने भएको छ ।

यस पटकको महोत्सबमा अफ्रिकाको क्रान्ति, इतिहासको गाथा, त्यहाँको जीबनशैली, संघर्षको कथायुक्त फिल्महरु छन् । चलचित्र महोत्सब निर्देशक डब्बु क्षत्रीका अनुसार महोत्सबमा प्रवेश निशुल्क गरिएको छ । १६ गते बिहान १०ः३० बजे उद्घाटन हुने यो महोत्सब तीन दिनसम्म नियमित चलचित्र प्रदर्शन गरेर १८ कात्तिकमा समापन हुनेछ । महोत्सबमा यस पटक ६ जना सिनेकर्मी अफ्रिका फ्रान्स र अन्य मुलुकबाट आउने पनि महोत्सब निर्देशक क्षत्रीले पत्रकार भेटघाटका क्रममा जानकारी गराए ।