सलमानको राधेमा रणदीप भिलेन

मुम्बई(एजेन्सी) । बलिउड सुपरस्टार सलमान खान हालका दिनमा ंफिल्म ‘दबङ ३’ को काममा व्यस्त छन् । फिल्मको सुटिङपछि उनी प्रमोसनलाई समय दिइरहेका छन् । यो फिल्ममा सलमान अघिल्ला दुई चरणका फिल्ममा जस्तै चुलबुल पाण्डेकै चरित्रमा देखिँदैछिन् । फिल्म आगामी डिसेम्बर २० मा रिलिज हुँदैछ ।

फिल्म ‘दबङ ३’बाट खाली भएपछि सलमान नयाँ फिल्म ‘राधे’ र ‘मोस्ट वान्टेड भाई’मा व्यस्त हुँदैछन् । सलमानको फिल्म ‘राधे’को सुटिङ नोभेम्बर ४ बाट सुरु हुनेछ । सलमानले शुक्रबार फिल्मको युनिटको घोषणा गरेका छन् । उनले आफ्नो इन्स्टाग्राममा एक तस्बिर फिल्म निर्माणको घोषणा गरेका हुन् ।

तस्बिरमा उनका भाइ सोहेल खान, दिशा पाटनी, अतुल अग्निहोत्री, जैकी श्राफ, निर्देशक प्रभु देवा र रणदीप हुडा छन् । तस्बिरमा ज्याकीले फिल्मको क्लाप समातेका छन् । फिल्ममा रणदीप भिलेन चरित्रमा देखिनेछन् ।

रणदीप र सलमानले यसअघि फिल्म सुल्तान र किकमा सँगै अभिनय गरिसकेका छन् । सलमान रणदीपलाई निकै मान्छन् । यो फिल्मलाई सलमान, सोहेल र अतुल अग्नीहोत्रीले निर्माण गर्नेछन् । वान्टेड र दबंग ३ पछि सलमान तेस्रोपटक प्रभुदेवासँग सहकार्य गर्दैछन् । फिल्ममा सलमानले दिशासँग रोमान्स गर्नेछिन् ।