काठमाडौं । नायिका, गायिका तथा मोडल सारिका घिमिरेको नयाँ गीत ‘हेल्लो’को भिडियो सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द, आशिष अबिरलको संगीत तथा एरेन्ज रहेको गीतमा गायिका सारिकालाई गायक योगेशकाजीले स्वरमा साथ दिएका छन् ।
कार्टुन क्रुजका आष्मा विश्वकर्मा र सरोज अधिकारीसहित उनको समूहले अभिनय गरेको भिडियोमा अर्जुन तिवारीको डिओपी, बुद्ध थापाको छायांकन, नविन निरौलाको सम्पादन र कलर ग्रेडिङ, सुरेन बसेलको प्रोडक्सन, सुबोल थापाको सहायक निर्देशन छ ।
भिडियोको कोरियोग्राफी र निर्देशन गम्भीर विष्टले गरेका हुन् । भिडियोलाई कार्टुन क्रुजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।