ट्रेलरमा लिम्बु भाषाको केः साङ्ला

काठमाडौं । लिम्बु संस्कार र संस्कृतिलाई संरक्षण गर्न पूर्वमा छायांकन गरिएको लिम्बु भाषाको फिल्म ‘केःसाङ्ला’ को ट्रेलर सार्वजनिक भएको छ । लोकेन साँवा लिम्बुको कथा, निर्माण र निर्देशन रहेको यो फिल्म ६ वर्षपछि लिम्बु समुदायमा आधारित रहेर निर्माण गरिएको हो । ‘केःसाङ्ला’ को अर्थ लिम्बू जातिको लोकप्रिय बाजा च्याबु्रङ (के) को बाँया भागमा हिर्काउने सामाग्री हो । यो फिल्ममा लिम्बु जातिको रहनसहन संस्कृतिलाई देखाउन खोजिएको निर्देशक साँवाले बताए ।

फिल्मको छायांकन पूर्वको फिदिम, ताप्लेजङको सुकेटार, फुङलिङ, दोभान, नाल्बु, फङफङगे झरनालगायका ऐतिहासिक तथा धार्मिक स्थलमा गरिएको छ । ट्रेलरमा लिम्बु समुदायको संस्कृतिलगायतका विषयलाई समेटिएको छ । लोकेन साँवाका लिम्बुको कथा, निर्माण र निर्देशन रहेको फिल्ममा भीम तुम्बाहाम्फे, लक्ष्मी लिम्बु, विशाल सेनेहाङ, याम्मनिङवा योङहाङ, मेनुका साउदेन, सनम् पहाङगु, कुमार सुब्बा, कुमार लिम्बु, महिमा लिम्बु, गंगा तुम्बाहाम्फेको अभिनय छ ।

फिल्ममा देवेन्द्र सूकेलीको पटकथा, भुपेन्द्र तुम्बाहाम्फेको छायांकन, दिनेश माङ्मुको कोरियोग्राफी र द हाइलेन्ड आर्ट तथा सिक्वेन्स फेसन हाउसको भेषभुषा रहेको छ ।