कुनै दिन मायामा रोमान्टिक नमराज र कविता

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको ‘कुनै दिन मायामा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । रुपेश मास्केको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा नमराज सिलवाल र कविता राया (यादव)ले अभिनय गरेका छन् । भिडियोमा सञ्चारकर्मी कुमार आचार्य पनि फिचर्ड छन् ।

कुमारले नै निर्देशन गरेको भिडियोमा रामेश्वर हुमागाईंको छायांकन, बिष्णु खड्काको सम्पादन छ । निर्देशक कुमारले धेरै समय टेलिभिजनमा बिताउने भएता पनि फुर्सदको समयमा म्युजिक भिडियो निर्देशन पनि गर्दै आएको बताए ।

उनले आफूले गीतसंगीतको क्षेत्रलाई निकै माया गर्ने बताउँछन् । यस्तै मोडल कविताले भिडियोमा काम गर्दाको अनुभव साट्दै निकै रमाइलो भएको बताइन् । भिडियो सेलिब्रेटी नेपालको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।